नेपाल प्रिमियर लिगमा विदेशी खेलाडी भित्र्याईदै,अहिले सम्म ८ खेलाडी अनुबन्धित

नेपाल प्रिमियर लिगमा विदेशी खेलाडी भित्र्याईदै,अहिले सम्म ८ खेलाडी अनुबन्धित

777

काठमाडौं । नेपाल प्रिमियर लिग नजिकिँदै गर्दा खेल टिमले धमाधम विदेशी खेलाडीहरु अनुबन्धित हुँदै छन् । प्रतियोगिता हुने समायावधि नजिकिँदै गर्दा खेल टिमहरुले विदेशी खेलाडीहरुलाई धमाधम भित्र्याइरहेका छन्।

प्रतियोगिता नजिकिँदै गर्दा टोलीहरुले एक पछि अर्को गर्दै विदेशी खेलाडीहरु भित्र्याइरहेका छन्। आठ टोलीको सहभागिता रहेको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म टियू मैदानमा आयोजना हुनेछ।

सबैभन्दा धेरै पोखरा एभेन्जर्सले अहिलेसम्म ३ जना विदेशी खेलाडी भित्र्याइसकेको छ। जसमा वेस्टइन्डिजबाट एन्डरसन फिलिप, नेदरल्यान्ड्सका बास डे लिडे र अमेरिकाका आन्द्रिएस गौस रहेका छन्।

यस्तै काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ। कर्णालीले पाकिस्तानका अलराउन्डर हुसैन तलत, सुदूरपश्चिमले स्कटल्यान्डका ब्रान्डन मक्मलेन, लुम्बिनी लायन्सले इंग्ल्यान्डका टम मोरिस र विराटनगर किंग्सले ओमानका अकिब इल्यासलाई एनपिएलका लागि अनुन्ध गरेका छन्।

नेपालभित्र आयोजना हुने फ्रेन्चाइज मध्ये ठूलो र भव्य हुन लागेको एनपिएलका लागि यसअघि नै घरेलु खेलाडीहरुलाई अक्सन मार्फत छनोट गरिएको छ। यता विदेशी खेलाडीको हकमा भने एक टिमले ४ जनासम्म राख्न पाउनेछन्।  आईसीसीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्नका लागि छुट दिएको छ।

तपाईको बिचार