गायक चन्दन शंकरको दोस्रो म्युजिक भिडियो ‘चुपचाप छौ’ दशैं अघि बजारमा आउँदै

गायक चन्दन शंकरको दोस्रो म्युजिक भिडियो ‘चुपचाप छौ’ दशैं अघि बजारमा आउँदै

2455

लेखनाथ सिकारू 

काठमाण्डौं ।  गायक चन्दन शंकरको दोस्रो म्युजिक भिडियो ‘चुपचाप छौ’ बजारमा आउने तयारीमा छ ।  झापाको गौरादह नगरपालिका १ घरभई काठमाडौंलाई कर्मथलो बनाएका शंकरको दोस्रो म्युजिक भिडियो बजारमा आउने तयारीमा रहेको हो ।  

उनले यस म्युजिक भिडियोमा खास गरी प्रेमी प्रेमिकालाई एकले अर्कोलाई गरेको माया कुनै कारण मिस अण्डर स्टाण्ङि भएपछि माया गर्ने व्यक्तिले आफ्नो प्रेमी या प्रेमीका रिसाएपछि फकाउने प्रयास गीत मार्फत गर्ने प्रसाय गरेका छन् ।

गीत संगीतसँग लामो लगाव र सङ्गत भएको बताउने शंकर संगितप्रतिको लगाव पारिवारिक नै भएको बताउँछन्  । उनका बुबा नैनसिंह शंकर पनि गीत संगीतसँगै जोडिएका व्यक्ति हुन् । बुबा नैनसिंहले उ बेला राष्ट्रिय लोक दोहारी प्रतियोगितामा प्रथम स्थान नै हासिल गरेका थिए । जबकी उनीसँगको प्रतिस्पर्धामा प्रेमराजा महत दोस्रो भएका थिए ।

 चन्दन भन्छन् ‘बुबाको गितसंगित प्रतिको मोहले राष्ट्रिय पुरस्कार जितायो तर , व्यावहारिकपारिवारिक कारणले बैंकको जागिरे बनायो’ पहिले जिम्मेवारी, परिबारप्रतिको कर्तव्यबोध अनि मात्र आफ्नो रहर भन्ने बुबाबाटै सिकेका चन्दन पनि अन्य पेशा व्यवसायका बावजुत गीत संगीत क्षेत्रमा पनि क्रियाशील छन् ।

विद्यालय शिक्षा पश्चात् काठमाडौं छिरेका शंकर यतै उच्च शिक्षा अध्ययनसँगै ब्यावसायतिर लागे , समयसंगै वैदेशिक रोजगारीको तितो मिठो अनुभव पनि संघाले ।  तर पनि उनको गीत संगीतप्रतिको मोहमा भने कुनै कमी भएन । फुर्सदको समयमा गीत लेख्ने , गितार बजाउने , गाउने लगायत गरिनै रहेका शंकरले आफ्नै शब्द ,संगित र स्वरमा पहिलो पटक ‘जिन्दगी मेरो केवल तिमी’ बोलको गीत सार्वजनिक गरेका थिए ।

सफ्ट मेलोडी धारको गीतहरू लेख्न , गाउन रुचाउने  उनले  दोस्रो म्युजिक भिडियो सहितको गीत  ‘चुपचाप छौ’  तयारी गरिरहेका छन् । सो गीत दशैँ अधि सार्वजनिक हुने उनले बताए ।   प्रेम माया सम्बन्धमा दरार यिनै सन्दर्भलाई समेटेर रोमान्टिक ढगले आधुनिक पप तयारी भएको उनको भनाइ छ । माया गर्ने मान्छेले प्रेमीका रिसाउँदा कस्तो हुन्छ त्यसलाई गीत र संगीतमा जोड्ने प्रयास आफूले यस भिडियो मार्फत गरेको उनले बताएका छन् ।

म्युजिक भिडियो ‘चुपचाप छौ’ मा शंकर यसरी बगेका छन् –

चुपचाप छौ किन केहीबोल न
चुपचाप छौ किन केही नजिक वसीदेउ न ।।
रीसाएकी छौ किन  । २
एकचोटी हाँसी देउन ।।
चुपचाप छौ किन ।
ओ…………….।। २

आफ्नै शव्द संगित,सृजना र कम्पोज पनि आफ्नै रहेकोे आफ्नो गीतले  पक्कै पनि  दर्शक दिर्घाको मन छुनेमा उनी विश्वस्त छन्  । जिन्दगिमा सबै प्रकारको तालमेल जरुरी भएको भन्दै गायक शंकर भन्छन् गानाको मर्म र धर्म शव्दमा हुन्छ । हृदयबाट मन पराउने शव्द र सङ्गीत नै बास्तवमा कालजयी हुन्छन् ।

पेशाले काठमाण्डौमा सुनचाँदी पसल गर्दै आएका शंकरलाइ साथिभाई नातेदार,इष्टमित्र र परिबारबाट यस क्षेत्रमा हौसला मिल्यो म्युजिकसँगको बालापनको लगाव र माहौंल अनि साथिभाई नातागोताको हौसलाले नै मलाई यहाँसम्म ल्याएको हो उनी भन्छन् ।
फलस्वरुप नै उनले दोस्रो म्युजिक भिडियो दर्शकमाझ ल्याउन सफल भएको उनको बुझाई छ ।

उनले यस अघि नै

 जिन्दगी मेरो केवल तिमी………..।

नामको गीत दर्शक माझ पस्किसकेका थिए ।

उनले भनेका छन् आम संचार,क्षेत्र सहित आम दर्शक दिर्घाको माया र सपोर्ट रहेमा गीत संगितको क्षेत्रमा केही गर्ने उनको प्रण छ ।
उनी भन्छन् फास्ट ट्याकको जमानामा सबै खालको तालमेल हुनुपर्छ  गहन शव्द सहितको आधुनिक गीत नै वास्तवमा कालजयी,स्थायी र चिरकालसम्म रहन्छन् ।

कम्पोज सृजना आफै र फणिन्द्र राईले म्युजिक एरेन्ज गरेको उनको म्युजिक भिडियो पल्पल स्टुडीयोमा रेकर्डीङ र एम एस कम्पनीले बितरणको जिम्मा लिएको छ ।

जिन्दगी फास्ट मात्र हुन्न गानाको मर्म शव्दमा नै हो गहन शव्द भतएमात्र कालजयी हुन्छन् भन्ने लाग्छ उनी भन्छन्  ।जिन्दगी फास्ट मात्र  पनि हुन्न र स्लो मात्र पनि हुन्न ।  

नेपालको संगीतको अवस्था राम्रो छ प्रगति राम्रो छ स्पन्सर र अन्य विभिन्नि प्लेटफर्मबाट आफ्ना खुवि प्रदर्शन गर्न सकिन्छ सबै कुरा दर्शक दिर्घालाई नै छ ।आफ्ना खुवि प्रदर्शन गर्ने प्रयास गरेको भन्दै आम दर्शक दिर्घासँग आवश्यक सल्लाह सुझाव र प्रतिकृया समेत मागेका छन् । 

तपाईको बिचार