रुपन्देही । नेकपा एमाले कपिलवस्तुको शिवराज नगर कमिटीले आयोजना गरेको दशै शुभकामना कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय ५० नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता डा बेदुराम भुसालको गृहजिल्ला कपिलवस्तुमा एकीकृत समाजवादीका अधिकांश नेताकार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन् ।
कपिलवस्तुमा नेकपा एकीकृत समाजवादीबाट विभिन्न कमिटीका पदाधिकारी सहित एक सय सय ५० र अन्य पार्टीका करीव एक सय गरी २ सय ५० नेताकार्यकर्ता एमाले प्रवेश गरेका एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपालेले बताए ।
यसअघि जिल्ला अध्यक्ष रहेका लंक हमाल एमाले प्रवेश गरिसकेका छन् भने आज प्रदेश किमटी सदस्य जितबहादुर रावत, जिल्ला कमिटी सचिव सरोज पौडेलसहितका एक सय नेताकार्यकता एमालेमा समाहित भएका थिए ।
उनका अनुसार पछिल्लो निर्वाचनमा प्रदेश कमिटी सदस्य रावतसँगै, जिल्ला सचिव पौडेल, जिल्ला सदस्यहरु बलबहादुर बिक, बिण्णु केसी, सान्ता पन्त, लिलामणि आचार्य, देवी सुबेदी, वडा न ५ कमिटी अध्यक्ष रुपेन्द्र आचार्य, युवा सघ नगर अध्यक्ष, अनेमसघ जिल्ला कमिटी सदस्यहरु सानुमाया बि क, साबित्रा खनाल, शोभा पौडेल, बिमला पौडेललगायत एक सय जना नेकपा एस र केही कांग्रेस तथा तराई केन्द्रीत पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले नेता तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारी, नेता गिरिधारीलाल न्यौपानेलगायतले एमालेमा स्वागत गरेका थिए ।
नेकपा एसका केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, बल बहादुर बिस्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी लगायतका नेताहरूले एकैचोटि एमालेमा प्रवेश गरेपछि, एकीकृत समाजवादीको शिवराज नगरमा संगठन लगभग शून्य भएको एमालेको दाबी छ ।
तपाईको बिचार