डेंगुको जोखिम कायमै- देशभर ११ हजार बढीमा सङ्क्रमण, ६ जना सङ्क्रमितको मृत्यु

डेंगुको जोखिम कायमै- देशभर ११ हजार बढीमा सङ्क्रमण, ६ जना सङ्क्रमितको मृत्यु

685

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७६ जिल्लामा डेंगु फैलिएको छ । हुम्ला बाहेक ७६ जिल्लामा डेंगु फैलिएको बताईएको छ । डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।

तपाईको बिचार

सम्बन्धित खबर