हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन- पूर्व महामन्त्री ढकाल

हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन- पूर्व महामन्त्री ढकाल

673

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टीभित्र बसिरहन नैतिकताले नदिने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन समेत अनुरोध गरेका छन्।

ढकालले आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई अनुरोध गरेका हुन्।

 ढकालले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस  यस्तो छ

प्रिय रास्वपा मित्रहरू !

हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईँहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।

तपाईको बिचार

सम्बन्धित खबर