पत्रकार महासंघको चुनाव तेस्रो पटक स्थगित

पत्रकार महासंघको चुनाव तेस्रो पटक स्थगित

731

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । महासंघका ५६ जिल्ला शाखाका अध्यक्षले असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन स्थगित गर्नुपर्ने र प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउनुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दबाब दिएपछि चुनाव स्थगन गरेको हो ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा नै दिईसकेका छन् । महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज १२ गतेका लागि मिति तोकेमो फेरि पनि तोकिएको मितिमा निर्वाचन हुन नसक्ने भएपछि निर्वाचन स्थगित भएको हो । सदस्यता शुद्धीकरणको विवाद देखाएर महासंघको निर्वाचन पटक पटक स्थगित हुँदै आएको छ।

तपाईको बिचार

सम्बन्धित खबर