संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

721

काठमाडौँ, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेसहित सिंहदरबारका बसेको बैठकमा उक्त सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि बढाउने सहमति पनि भएको उनले बताए । संसदीय समितिको नेतृत्वमा पुरानै सहमति कार्यान्वयन गरेर अघि बढ्ने उनले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर