ओलम्पिक पदक विजेता पलेशा काठमाडौं अवतरण, आज नगर परिक्रमा गराइदै 

  ओलम्पिक पदक विजेता पलेशा काठमाडौं अवतरण, आज नगर परिक्रमा गराइदै 

752

काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन्। बुधबार बिहान स्वदेश टेकेकी पलेशालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगर परिक्रमा गराउने कार्यक्रम रहेको छ।

पलेशाको सम्मानमा बाजागाजासहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। राखेपले उनीसहित नेपाली टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइने जनाइएको छ। राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

 

तपाईको बिचार

सम्बन्धित खबर