पदाधिकारी र पोलिटब्युरोको शपथग्रहणसँगै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै 

पदाधिकारी र पोलिटब्युरोको शपथग्रहणसँगै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै 

669

काठमाडौं नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै छ । बानेश्वर स्थित अर्पण ब्याङ्क्वेटमा  पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको शपथग्रहण सँगै बिहीबार केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

आज दिउँसो केन्द्रीय कमिटीको बैठक अघि शपथग्रहण कार्यक्रम राखिएको छ । महाधिवेशनको डेढ महिनापछि मङ्गलबार भएको निर्वाचनबाट १७ जना पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य चुनिएका थिए ।

गत असारको १६ देखि २१ मा भएको अधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल सर्वसम्मत घोषणा भएका थिए । भने  वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पदाधिकारीको निर्वाचनको सन्दर्भमा अर्का वरिष्ठ उपाध्यक्षका दाबेदार घनेन्द्र बस्नेतले उम्मेद्वारी फिर्ता लिएपछि सर्वसम्मत चयन भएका थिए ।

तपाईको बिचार