स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिर्जनशील उद्यमी मेला शुरु

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिर्जनशील उद्यमी मेला शुरु

713

काठमाडौँ । हरितालिका तिजको अवसर पारेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि सिर्जनशील उद्यमी मेला २०८१ सुरु गरिएको छ ।

सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा बालुवाटारस्थित आम्रपाली परिसरमा आयोजित मेलामा घरेलु तथा हस्तकला समग्री, कृषि उत्पादन, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो ।

मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिर्जनशील उद्यमी मेलामा घरेलु तथा हस्तकला समग्री, कृषि उत्पादन, लत्ताकपडा, श्रृङ्गार सामग्री प्रदर्शन साथै बिक्री समेत गरिएको हो। मेला आइतबारसम्म चल्ने छ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले मेला उद्घाटनका क्रममा मुलुकमा आयात प्रतिस्थापन गर्न घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिईन् । हस्तकला तथा घरेलु उद्योगले गर्ने उत्पादनले रोजगारी सिर्जना गर्नुका साथसाथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने विचार व्यक्त गर्दै त्यस्ता उद्यमीको संरक्षणका लागि आवश्यक नीतिगत सहयोग गर्ने प्रदेश सरकारको नीति रहेको बताइन् ।

स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताउँदै त्यसले सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरीन् ।

आहा रेडियो नेटवर्कका अध्यक्ष हेमचन्द्र सुवेदीले मुलुकमा आर्थिक विकासका लागि औधोगीकरणको खाँचो औँल्याउदै कुटीर उद्योगको विकासले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताए ।

केन्द्रका अध्यक्ष मिलु थापाले महिला वर्गलाई व्यवसायिक सिपको विकास गर्न सकेमा उनीहरूको परिवारको सामाजिक तथा आर्थिक रुपान्तरण हुने बताउँदै स्वदेशी उत्पादनलाई बढावा दिन प्रदर्शनी गरिएको जानकारी दिइन् ।

तपाईको बिचार

सम्बन्धित खबर