रवि र छविसँग बयान लिँदै संसदीय समिति

रवि र छविसँग बयान लिँदै संसदीय समिति

764

काठमाडौं । सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो ।

लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक हुन् । त्यस्तै शुक्रबार नै गोरखा मिडियाका पूर्वसञ्चालक छविराज जोशीलाई पनि सोधपुछका निम्ति बोलाइएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको रकम अपचलनको आरोप लागेपछि तत्कालीन प्रतिपक्षी दल कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर