काठमाडौं । बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको उक्त पुरस्कार स्व. गौतमको दोस्रो स्मृति दिवसको अवसरमा असोज २ गते प्रदान गरिने सेन्टरकी अध्यक्ष प्रदिपा गौतमद्वार जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अवसरमा गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र सहित सम्मान गरिने भएको छ । प्रेस चाँैतारी नेपाल र समाजवादी प्रेस संगठनका पूर्व अध्यक्ष श्रेष्ठ पाँच दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
यस्तै, गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने व्यक्तित्व रहेको सेन्टरले जनाएको छ ।
यस्तै, रघु घिमिरेले करेन्ट प्रकाशनहरुका लागि शहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्वपूर्ण घटनाहरुको रिपोर्टिङ उपलब्ध गराएको उल्लेख छ । ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’को राशी एक लाख रुपैयाँ रहेको छ भने प्रशंसापत्रका साथ जनही ५० हजार रुपैयाँ रहेको छ ।
तपाईको बिचार