बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बाघ मार्‍यो

बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बाघ मार्‍यो

839

चितवन । मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बाघलाई मारेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी समेत घाइते भएको छ ।

यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । बाघको शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए । आज बिहान भैसी गोठमा मृत अवस्थामा बाघ र घाईते आवस्थामा भैसी भेटीएका हुन् ।

तपाईको बिचार