के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो ? शेखर कोइराला

के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो ? शेखर कोइराला

833

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको बताएका छन् ।

मंगलबार सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताएका हुन् ।

उनले आ आफ्नो क्षेत्रबाट स्वास्थ्य सेवा वातावरण सहज बनाउन आग्रह गरे । ‘के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो ? ‚’ उनले प्रश्न गरे । उनले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताए । सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएकोमा कोइरालाले चिन्ता व्यक्त गरे ।

‘आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन । अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु‚’ उनले भने ।

नेता कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताए । सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएकोमा कोइरालाले चिन्ता व्यक्त गरे । नेता कोइरालाले स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने बताए ।

तपाईको बिचार