राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन्।
रास्वपाले बुधबार ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने ?’ भनेर २४ स्पष्टीकरण मागेको थियो।
ढकालले बिहीबार त्यसको जबाफ लेख्दै पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न गरेका छन्। ‘तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुन्छ,’ ढकालले भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झूटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्। तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ। नैतिक रूपले पतीत हुनु भएको छैन भने प्रश्नहरूको जबाफ दिन अनुरोध गर्दछु।’
देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्ने उनको तर्क छ।
उनले सहकारी ठगी मुद्दामा सभापति लामिछानेमाथि पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन्।
तपाईको बिचार