रास्वपाको संसदीय दलको बैठक भोलि

रास्वपाको संसदीय दलको बैठक भोलि

733

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। बैठक मंगलबार (भोलि) बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे साथै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू पनि छलफलको कार्यसूची रहेको उनको भनाइ छ।

कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने उनले बताए।

तपाईको बिचार