भारतको त्रिपुरा राज्य पुगिन् बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना

भारतको त्रिपुरा राज्य पुगिन् बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना

787

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन्। हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेकी छन् ।

भारतीय समाचार संस्‍थाले स्रोतलाई उदृत गर्दै हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको जनाएको छ। सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन्।

उनी सेनाको सी १३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन्। सोमबार साँझ ५स्३६ बजे उनी चढेको जहाज अवतरण भएको इन्डिया टुडेले समाचारमा लेखेको छ।

हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो।
उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।

आइतबार मात्रै त्यहाँ कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ। हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका थिए।

त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताएका थिए। त्यस्तै राजनीतिक संकटको आजै साँझ सम्ममा समाधान निकाल्ने पनि बताएका थिए।

तपाईको बिचार