काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा आज ६ वटा प्रदेशमा मुसलधारे वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार आज दिउँसो देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, कोशीका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
तपाईको बिचार