बरिष्ठ सर्जक गणेश रसिक अभिनन्दित

बरिष्ठ सर्जक गणेश रसिक अभिनन्दित

781

काठमाडौं । काव्य घर र साहित्य चौतारी झापा नेपालले वरिष्ट सर्जक गणेश रसिकलाई अभिनन्दन गर्‍यो । अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गरेका थिए ।

सोही कार्यक्रममा साहित्य चौतारी झापाको रजत महोत्सवमा अभिनन्दित सर्जक एल पी जोशी (लक्ष्मीप्रसाद जोशी) साहित्य चौतारी झापाले अभिनन्दन गरेको नेपाली सङ्गीतिक आकाशका धरोहर गुरुदेव कामतप्रति श्रद्धाञ्जली पनि गर्‍यो ।

साहित्य चौतारी झापाको संरक्षक सचिव गौरव श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अभिनन्दित सर्जक गणेश रसिकको व्यक्तित्वको बारेसमालोचक प्रा।डा।गोविन्दमान सिंह कार्कीले प्रकाश पारेका थिए ।

कार्यक्रममा वरिष्ट इतिहासविद् डा.सुरेन्द्र के.सी. वरिष्ट कलाकार मदनदास श्रेष्ठ, सङ्गीतकार एवं गायक लोचन भट्टराई, सर्जक मथुरा श्रेष्ठ, अभिनन्दित सर्जक गणेश रसिक, प्रमुख अतिथि माननीय कुलपति नारदमणि हार्तम्छाली, कार्यक्रमका अध्यक्ष एवं संस्थाका संरक्षक सचिव गौरव श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गरेको कार्यक्रममा इनेप्लिज डट कम का विश्व थापालाई स्वागत सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा चर्चित सङ्गीतकार, गायक बुलु मुकारुङ, शिशिर योगी, नरहरी प्रेमीले अभिनन्दित सर्जक गणेश रसिक, दिवङ्गत सर्जकहरु एल पी जोशी र गुरुदेव कामतको गीतहरु गाएका थिए ।

तपाईको बिचार