गुपचुपमा संविधान संशोधन गर्ने खेलोमेलो हुन लागेको अध्यक्ष नेपालको आशङ्का

गुपचुपमा संविधान संशोधन गर्ने खेलोमेलो हुन लागेको अध्यक्ष नेपालको आशङ्का

867

लेखनाथ सिकारु

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने कुरामा जोड दिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाण्डौमा आयोजना गरेको प्रवचन गोष्ठीमा बोल्दै उनले भने, “संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ । त्यसको आवश्यक किन पर्‍यो ? ”

‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको बताए ।
अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्का व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत समेत गराए । अध्यक्ष नेपालले नेपालीपनको समाजवाद आवश्यक भएको भन्दै नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताए ।

कम्युनिस्ट पार्टीमा नीति प्रधान हुने बताउँदै उनले सही नीति भयो भने भने सही लक्ष्य प्राप्त गर्न सकिने भन्दै कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरे।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्टहरुबीच वैचारिक र नीतिगत एकता गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरुले मुख्य प्रतिद्वन्द्वी टुंगो लगाएर अघि बढ्नुपर्ने बताए ।

नेता खनालले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै ? कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ । संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन् ? किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ । यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन ।’ संविधान संशोधन जस्तो विषयमा खेलाची गर्न नहुने भएकाले स्वीकार्न नसकिने उनले बताए ।

नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए । यो समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनले सचेत गराए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छरिएर रहेका कम्युनिष्टहरु को सही को गलत भन्ने छुट्याउन गाह्रो रहेको बताएका छन् ।
उनले भने, ‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म । सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। त्यसको दौडमा यतिसम्म गिर्छन्, कल्पना नै गर्छ सकिँदैन। त्यो युग अहिले आएको छ। कुनै काम बाँकी नछोड्ने, दुई दिनको सरकारको लागि राजावादीसँग पनि मिलेकै हो। राजावादी, कांग्रेससबैसँग चलेको छ। केका लागि भन्दा अवसरवादको लागि? ’ उनले बताए ।

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुट्न सबैलाई आह्वान गरे। उनले भने, सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बन्नैपर्छ। त्यो पार्टीले देशमा समाजवाद निर्माण गर्छ। भएको पार्टी फुट्दै जाने, अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अनि क्रान्ति हुन्छ। मतभिन्नता छ भने बसेर हल गर्न सकिन्छ।

नेकपा एमालेका नेता भीम रावलले कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेको भन्नुको कुनै अर्थ नभएको बताएका छन् ।
, ‘कुर्सी अलिकति हल्लियो भने, दिल्लीमा गएर सम्झौता गर्नुपर्ने हो कि, या कुनै व्यापारीको घरमा राति १२ बजे वार्ता गर्नुपर्ने भन्दै नेता रावलले विपरित सिद्धान्त भएका राजनीतिक दलहरु मिलेर चुनाव लडेकोप्रति असन्तुष्टि जनाए।

तपाईको बिचार

सम्बन्धित खबर