नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा पौडेल

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा पौडेल

1000

काठमाडौं। नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन्।

संघको पूर्ण बैठकले अध्यक्ष हरिप्रसाद धरेलले दिएको राजीनामा स्वीकृत गरी वरिष्ठ उपाध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरेको हो। बैठकले निवर्तमान अध्यक्ष धरेललाई सम्मानसहित बिदाइ गरेको छ।

पौडेल नेपाल खेलकुद महासंघका पूर्व अध्यक्ष समेत हुन् । उनी यसअघि संघको वरिष्ठ उपाध्यक्षको रूपमा रहेका थिए ।
संघको नेतृत्वमा चयन भएपछि पौडेलले क्लाईम्बिङ खेललाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्वता जनाए ।

नेकपा एमालेको युवा संघ नेपालको नेतृत्व गरिसकेका पौडेलले छोटो समयमा खेलकुदको राजनीतिमा समेत आफुलाई स्थाापित गरेका छन् ।

त्यसैगरी संघको प्राविधिक टिमलाई संयोजन र समन्वयको जिम्मेवारी उपाध्यक्ष सुनारबहादुर गुरुङलाई दिइएको छ।

संघमा देखिएको सम्पूर्ण समस्या निराकरण गरी सातै प्रदेशको साधरणसभा गर्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिइएको छ।

आगामी साउन २७ गते यससम्बन्धी बृहत् कार्यक्रम गर्ने निर्णय गरिएको संघका महासचिव सन्तोष मादेनले बताए ।

तपाईको बिचार