प्रतिनिधिसभा अन्तर्गत ६ समितिका बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गत ६ समितिका बैठक बस्दै

699

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत ६ समितिका बैठक बुधबार बस्दैछन्। बैठक बिहान ११ बजे बस्ने तय भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल सरकारले पछिल्लो समय मित्रराष्ट्रको सन्धिसम्झौताको विवरण र हालसम्मको कार्यप्रगतिबारे छलफल गर्ने कायसूची छ । ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि समितिमा प्राप्त विधेयकका सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिमा भने प्राप्त उजुरीमा छलफल गर्ने कायसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासंगको छलफल निरन्तरता पाउनेछ । यी बैठक बिहान ११ बजे नै शुरु हुने संसद् सचिवालयले जनाएको छ।

 

तपाईको बिचार