काठमाडौँ। नेकपा कम्युनिष्ट पार्टीका संस्थापक तथा संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइने भएको छ।
पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव डा।गंगालाल तुलाधरले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् । तुलाधरकाअनुसार साउन ७ गते सोमबार बिहान ८ बजे पुष्पलाल स्मृति पार्क, कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा उक्त कार्यक्रमको आयोजना गरिएको छ।
जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा संयुक्त जनआन्दोलनका सिद्धान्तकार कमरेड पुष्पलालको ४६औँ स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली तथा संक्षिप्त मन्तव्य कार्यक्रममा उपस्थित भई कार्यक्रमको समाचार संकलन गरी सम्प्रेषण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।’
तपाईको बिचार