ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई , सुदूरपश्चिम २ रनले पराजित

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई , सुदूरपश्चिम २ रनले पराजित

1057

काठमाडौं,५ जेठ । सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभायीय टोली एपीएफले  ललितपुर मेयर्स कपको उपाधि जितेको छ।

शनिबार सम्पन्न खेलमा एपीएफ २ रनले विजयी भएको हो।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन बनायो । कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन् ।

कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन् । लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२, सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइ । रितु कनौजिया शून्य रनमा आउट भइन् ।

एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा १५५ रन बनाएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर