वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

1003

काठमाडौं, १९ बैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि- २० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हाल्दै छन् । नियमित कप्तान रोहितलाई आज विश्राम दिइएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् ।

वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ ।

सिरिज हाल १/१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

तपाईको बिचार

सम्बन्धित खबर