नेपालद्वारा गुजरातसामु १७६ रन लक्ष्य प्रेश

नेपालद्वारा गुजरातसामु १७६ रन लक्ष्य प्रेश

781

काठमाडौँ, २५ चैत । भारतमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन लक्ष्य प्रेश गरेको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए ।

नेपालको सुरुवात केही सुस्त रहेको थियो । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर शेन पटेलको बलमा बोल्ड भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २१ रन रहेको थियो ।

दोस्रो विकेट भने १५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेल सँगको ७७ रनको साझेदारी पछि आशिफ शेख ३४ बलमा ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट हुदै पेभेलियन फर्किए ।

तेस्रो विकेटका रुपमा रोहित तेजश पटेलको बलमा १९औं ओभरमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी अन्तिम ओभरमा ३ बलमा ७ रन बनाएर जयमित पटेलको बलमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा ३१ रन बनाएर अविजित रहे भने अर्को तिर सन्दिप जोरा ३ बलमा ७ रन बनाएर नटआउट रहे ।

गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १(१ विकेट लिए

तपाईको बिचार