काठमाडौँ, २५ चैत । भारतमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेख टोलीमा फर्किएका छन् भने आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् ।
नेपाली टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा
नेपाल र गुजरात बीचको फाइनल खेल दिनको १स्१५ बजे सुरु हुँदैछ ।
तपाईको बिचार