प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

1031

पोखरा, १२ चैत ।  लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपाल र नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) ले हात पारेको छ ।

सोमबार सम्पन्न ५ सय मिटरतर्फको प्रतिष्पर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान aहासिल गर्न सफल भएको छ । प्रतियोगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना भएको छ ।

२ सय मिटरतर्फको प्रतिष्पर्धामा नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) को समूह प्रथम, वाटर स्पोर्ट्स नेपाल द्वितीय, हर्पन फेवा मत्स्य सहकारीको जलारी समूह तृतीय, खास्टे न्युरेनी मत्स्य सहकारीको समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

यस्तै महिलाहरुतर्फ ५ सय मिटरको प्रतिष्पर्धामा बेगनासताल डुंगा व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ भने बेगनासताल मत्स्य व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएको छ ।

महिला तर्फकै २ सय मिटरको प्रतिष्पर्धामा बेगनास ताल मत्स्य व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ भने बेगनासताल डुंगा व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएको छ ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितिय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु। २५ हजार पुरस्कार प्रदान गरिने छ ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।

तपाईको बिचार