सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता

सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता

871

काठमाडौँ, १ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार पक्ष उच्च अदालत पुगेका छ ।

बुधबार उच्च अदालत पाटनमा सरकारी पक्षले पनि जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता गराएको हो । उच्च अदालत पाटनका सूचना अधिकारी तीर्थराज भट्टराईका अनुसार सरकारी वकिलले बुधबार नै जिल्लाको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दर्ता गराएका छन् । सन्दीपले भने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।

तपाईको बिचार