त्रिकोणात्मक शृङ्खला : आज हङकङ र नेपाल भिड्दै

त्रिकोणात्मक शृङ्खला : आज हङकङ र नेपाल भिड्दै

709

काठमाडौँ, २७ फागुन । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो ।  त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

तपाईको बिचार