काठमाडौँ, १ फागुन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा नेपालले मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।
आज भएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।
नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए ।
तपाईको बिचार