नारायणी अस्पतालमा उपचार गराउनेको सङ्ख्या वृद्धि

नारायणी अस्पतालमा उपचार गराउनेको सङ्ख्या वृद्धि

719

पर्सा, २७ माघ । वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ । अस्पतालबाट उपलब्ध गराउने सेवा अन्य अस्पतालको तुलनामा ४० प्रतिशतसम्म सस्तो र गुणस्तरीय भएकाले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालले दक्ष चिकित्सकको निगरानीमा  एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख १० हजार चार सय २६ बिरामी उपचारका लागि अस्पताल आएको तुलनामा चालु आवको सोही अवधिमा २५ हजार दुई सय ७६ जना बढी अर्थात् एक लाख लाख ३५ हजार सात सय दुई बिरामीले उपचार गराएको नारायणी अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहले जानकारी दिए ।

तपाईको बिचार