यू १९ विश्वकप क्रिकेटका खेलाडी स्वदेश फर्किए

यू १९ विश्वकप क्रिकेटका खेलाडी स्वदेश फर्किए

789

काठमाडौँ, २२ माघ । यू१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो । देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो ।

जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।

तपाईको बिचार