यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

2060

काठमाडौं, १२ माघ। आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

तपाईको बिचार