यू-१९ विश्वकप: अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

यू-१९ विश्वकप: अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

847

काठमाडौँ, १२ माघ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो ।  अहिलेसम्म समुह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २-२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

तपाईको बिचार