तत्कालीन कार्यकारी निर्देशक पौडेलद्वय अख्तियारको नियन्त्रणमा

तत्कालीन कार्यकारी निर्देशक पौडेलद्वय अख्तियारको नियन्त्रणमा

913

काठमाडौँ, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका पौडेलविरुद्ध भ्रष्टाचार मुद्धा परेपछि निलम्बनमा परेका थिए । यी दुवै जनामाथि यस अघीनै भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।सुनिल पौडैलसहित पेमेन्ट गेटवेमा २३ करोड २७ लाख र विकल पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड मागदावी गर्दै अख्तियारले यस अघि नै विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवे सम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा सम्पत्ति विदेश पठाउने कार्य गरेको आशंकामा नियन्त्रणमा लिइएको स्रोतले बतायो ।

अख्तियारले पौडेलद्वयलाई बानेश्वर र बबरमहलबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको आयोग उच्च स्रोतले जानकारी दियो ।

तपाईको बिचार