काठमाडौँ, २७ पौष । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ ।
५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए । उनीहरुको एक छोरा र एक छोरी छन् ।
गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आज बिहान १० बजे गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।
केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।
तपाईको बिचार