पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना

पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना

863

काठमाडौँ, २५ पौष । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको बिचार