नि:शूल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

नि:शूल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

835

दोलख, ८ पौष । दोलखाको शैलुङ गाउँपालिकामा शनिबार आयोजित नि:शूल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सेवाग्राहीले उपचार पाएका छन्।

शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए। एसएस फाउन्डेसनको पहलमा कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेशालिटी क्लिनले विरामीहरूको नि:शूल्क स्वास्थ्य सेवा र औषधी उपलब्ध गराएको हो।

शिविरमा डा थापा, डा श्वेता ढकाल र डा शैलेन्द्र पासवानसहिको ११ जना स्वास्थ्यकर्मीको टोलीले उपचार गराएको थियो। विशेष गरी शिविरमा स्त्रिरोग सम्बन्धि उपाचार भएको थियो। जसमा तीन सय बढी महिनाले नि:शूल्क स्त्रिरोगको उपचार गराएका थिए। यस्तै शिविरमा हाडजोर्नी, मानिसक, दम लगायतको रोगको पनि नि:शूल्क उपचार र परामर्श प्रदान गरिएको थियो। यस्तै शिविरमा बिरामीहरूको नि:शुल्क सुगर जाँच (र्यानडम) पनि गरिएको थियो।

 

तपाईको बिचार