अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ : सभापति देउवा

अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ : सभापति देउवा

687

काठमाडौँ, ७ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा भएको नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले सम्मेलनबाट हार्नेले जित्नेलाई सहयोग गर्नुपर्ने बताएका छन् । उनले ग्रास रुटदेखि नै कांग्रेसलाई बलियो बनाउन लाग्न आग्रह गर्दै बागमती प्रदेशका नेताहरुले अझ बढी नेतृत्वदायी भूमिकामा बसेर सबै नेपालीहरुलाई नेतृत्व दिनेगरी काम गर्न आग्रह गरे । देउवाले राष्ट्र अहिले दोधारमा उभिएको उल्लेख गरे । कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदीवासी जनजाती, अपाङ्गता भएकाहरुको प्रतिनिधित्व हुने व्यवस्था भएको बताए । यस्तो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत नआउने भएपनि कांग्रेस ठूलो पार्टी भएको स्मरण गराए ।

सम्मेलनमा बोल्दै उनले भने, ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’

तपाईको बिचार