'५१ सदस्यीय अनेरास्ववियु गण्डकी प्रदेश कमिटी'

‘५१ सदस्यीय अनेरास्ववियु गण्डकी प्रदेश कमिटी’

835

पोखरा, ७ पौष । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्रविण श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ ।

अनेरास्ववियु गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा शुसन घिमिरे र विश्वदर्शन पराजुली, सचीव सुरज सापकोटा, उपसचिव कृति भट्टराई, स्वीकार पोखरेल, दिनानाथ लामिछाने र अनिल कुँवर तथा कोषध्यक्ष बिक्रम क्षेत्री निर्वाचित हुनुभएको छ । बाँकी ४२ जना सदस्य सहित ५१ जनाको प्रदेशकमिटी बनेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर