राखेप सदस्य–सचिव घिसिङ्गलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

राखेप सदस्य–सचिव घिसिङ्गलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

3410

काठमाडौँ, ११ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्‍याए बापत सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।

सदस्य–सचिव घिसिङ्ग एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् सदस्य–सचिव घिसिङ्ग २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए ।

२ वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो ।

सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएत मेम्बर प्राप्त गर्दा सदस्य–सचिव घिसिङ्गको महत्वपूर्ण भुमिका थियो । उनकै महत्वपूर्ण भुमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

तपाईको बिचार