नेपालद्वारा सिंगापुरविरुद्ध शानदार जित

नेपालद्वारा सिंगापुरविरुद्ध शानदार जित

793

काठमाडौँ, १३ कार्तिक । टी–२० विश्वकप फाइनल एसियामा नेपालले पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

तपाईको बिचार