इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

771

धनगढी, २२ असोज । इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका दश नेपालीको मृत्यु भएको थियो । साथै मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् । उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर