इजरायलमा १२ नेपाली सम्पर्कबिहीन : परराष्ट्रमन्त्री एनपी साउद

इजरायलमा १२ नेपाली सम्पर्कबिहीन : परराष्ट्रमन्त्री एनपी साउद

691

काठमाडौँ, २१ असोज । प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउद ले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी सम्पर्कमा छैनन् ।

उनका अनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए । कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

नेपाली दूताबासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । उनले अघि भने, ‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका रुप दिएको परराष्ट्रमन्त्री साउदले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर