गोलभेँडाले किन्न सक्दैनस् भनेर आँखा तर्छ : रघुजी पन्त

गोलभेँडाले किन्न सक्दैनस् भनेर आँखा तर्छ : रघुजी पन्त

875

काठमाडौँ, १९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् ।

उनले भने, खल्तीमा तलब हालेर हिँड्यो बजार

चामलको बोराले नाघ्यो ३ हजार

रहर दाल किलोको दुई सय पचास

बजार भाउ सुन्दा गुम्छ होस हवास्

तरकारीले भाउ नै नसोध भनेझै गर्छ

गोलभेँडाले के किन्छ र तैँले भनेर आँखा तर्छ

दसैँ पेश्की आउने कहिले कहिले

पेश्कीमा दसैँ महँगी आयो

सरकारका घर त उज्याला होलान्

नहुनेको घरमा अहिले नै अँध्यारो छायो

आउन थालेको दसैँ सम्झेर जनता मुर्छा पर्छ

सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ

मेरो प्रश्न छ सरकार

गरिबको दसैँ यसपालि कसरी टर्छ

तपाईको बिचार