काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न अदालतमा धाइरहेको प्रतिक्रिया दिएका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।
लामिछानेले भने, ‘गुन लाइदिनु भएको छ नि केपी ओलीजीले, खुब गुन लगाए भन्नु भएको थियो, त्यहि उहाँले लगाएको गुन तिर्न आएको छ । सात दिन भित्र बाँकी सबै अदालतमा हाजिर गर्नुपर्ने हुन्छ । दौडा दौड यस्तै चलिरहेको छ । विष शरीर भित्र बाँकी नै छ ।
एक अन्तर्वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा ठुलो गुन लगाएको तर लामिछानेले आफूसँग अनावश्यक दुश्मनी गरेको टिप्पणी गरेका थिए ।
तपाईको बिचार