काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने रिहा हुने प्रक्रियाका लागि भैरहवा जानेक्रममा खराब मौसमका कारण काठमाडौंमै रोकिएका छन् ।
लामिछानेलाई भैरहवा लैजान शुक्रबार बिहान नै विमानस्थल पुर्याइएको भएपनि भैरहवामा कुहिरो लागेका कारण उडान ढिला भएका कारण उनी विमानस्थलमै रोकिएका हुन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।
तपाईको बिचार