एनपिएलको दोसो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

एनपिएलको दोसो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

593

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ । क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् ।

किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ ।७लदकउसयस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ ।

आजदेखि शुरु हुने एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ । त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ ।

त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ ।क्यानले सबै खेलहरु बिहान ११स् १५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ । त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे शुरु हुने उल्लेख गरेको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुने छ ।क्यानक सचिव पारस खड्काले दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँ सम्म आम्दानी हुने बताएको छ ।

एनपीएलमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुनसक्ने अनुमान रहेको बताएका हुन् । खड्काले प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको रहेको उनले जानकारी दिएका छन् ।

क्यानले यस सिजन पुरस्कार रकमलाई गतबर्षकै कायम राखेको छ । जसअनुसार विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने छ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

तपाईको बिचार