सुन तोलाको ६ हजार ९ सयले घट्यो

सुन तोलाको ६ हजार ९ सयले घट्यो

595

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ६ हजार  ९ सयले घटेर तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ३२८५ मा कारोबार भएको थियो ।

तपाईको बिचार